झापा / नवलपरासी पूर्वको बुलिङटारमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । 

पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको ना६ख ७५८० नम्बरको बस नवलपरासी पूर्वको बुलिङ्टार गाउँपालिका –२ मथारमा दुर्घटना भएको हो ।

OM Sai Pathibhara Hospital

दुर्घटनामा परी रम्भा गाउँपालिका –१ का ४१ वर्षीया तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी बिक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका –९ बेलचौरकी वर्ष ४५ की फूलमाया माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी सन्तोष पाठकले जानकारी दिए । 

पाठकका अनुसार उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।  घाइतेको स्थानीय र प्रहरीले उद्धार गरेर नारायणी सामुदायिक अस्पताल भरतपुर चितवन अस्पताल पठाइएको छ । 

बस आज (आइतबार) बिहान ४ बजे अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खोलामा खसेको थियो ।