झापा / हिमाल आरोहणको लागि १२ सय ३८ जनालाई अनुमति पाएका छन् ।
पर्यटन विभागले शरद ऋतुमा हिमाल आरोहणका लागि देशका ४१ हिमाल आरोहण गर्न विभिन्न ७७ देशका १२ सय ३८ आरोहीहरुलाई अनुमति दिएको हो ।
हिमआरोहीहरुले सबैभन्दा बढी गोरखास्थित मनास्लु आरोहण गर्दैछन् । कात्तिक ६ गतेसम्म मनास्लु आरोहणका लागि ४०४ जनाले अनुमति पाएका छन् ।
दोस्रोमा अमादब्लाम हिमाल रहेको छ । उक्त हिमालका लागि २६ टिमका ३३६ जनाले अनुमति पाएको विभागले जनाएको छ । त्यस्तै, एक सय भन्दा बढी अनुमति पाउने हिमालमा हिमलुङ रहेको छ ।
जसमा १५६ जनाले अनुमति पाएका छन् । विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि भने एकदमै कम अर्थात ५ जनाले मात्रै अनुमति लिएका छन् । बढी आरोहण अनुमति पाउने नागरिकमा अमेरिकाका ११५, फ्रान्सका १०८, बेलायतका १०३, जर्मनीका ७७ र स्पेन ७५ जना आरोहीले आरोहणको अनुमति पाएका छन् ।