बिर्तामोड / १ नम्बर प्रदेश प्रहरी श्रीमती संघले श्रीमती कल्पना गिरीको अध्यक्षतामा ९ सदस्य कार्य समिति पदाधिकारीको गठन गरेको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरमा आज भएको संघको भेलाले ९ सदस्य पदाधिकारीहरू सर्वसम्मत चयन गरेको हो । 

सेवा नै धर्म होुु भन्ने भावनाले अभिप्रेरित नेपाल प्रहरीमा कार्यरत राष्ट्र सेवकहरुका परिवारहरूलाई सामाजिक सेवाको लागि अभिप्रेरित गरी राष्ट्रसेवाको पुनीत कार्यको लागि सङ्गठित गर्न, राष्ट्रमा समय–समयमा आइपर्ने विभिन्न प्रकारका दैवि प्रकोपहरू लगायत मानवीय सेवाका विविध क्षेत्र जस्तो शिक्षा, स्वास्थ्य, खेलकुद र आर्थिक क्षेत्रहरूको सुधार, विकास र उन्नतिको लागि आफुहरुमा अन्तर्निहित साधन, श्रोतको उपयोग वा विभिन्न माध्यमहरू मार्फत सहयोग पुर्‍याई लोक कल्याणकारी सेवा उपलव्ध गराउने पवित्र उद्देश्य लिई राष्ट्र र समस्त नेपालीहरूको उन्नति, प्रगति एवं विकासको वृहत्तर सोचका साथ मिति २०४१ साल भाद्र ४ गते नेपाल प्रहरी श्रीमती संघ नामक मुनाफा रहित संस्थाको स्थापना भएको हो । 

OM Sai Pathibhara Hospital

यसको भगिनी संस्थाको रुपमा प्रदेश प्रहरी श्रीमती संघ स्थापना भई आफ्नो स्थापना काल देखि नै प्रहरी परिवारका महिलाहरूको मात्र नभएर सहारा विहीन वृद्ध, वृद्धहरूलाई राहत सहयोग, स्वास्थ्य शिविरहरू लगायत बिभिन्न सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको प्रदेश प्रहरी श्रीमती संघले थप नयाँ कार्ययोजनाहरू सञ्चालनको लागी नयाँ समिति गठन गरेको हो ।