बिर्तामोड / जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार रबिन्द्र लोक्ताम र प्रहरी चौकी पेल्टीमारी इलाममा कार्यरत प्रहरी सहायक हवल्दार राज कुमार श्रेष्ठ असोज महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी  घोषित भएका छन् ।

विभागीय मुल्य-मान्यता, आदेशनिर्देशको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुका साथै ताप्लेजुङ र इलाम जिल्लामा कर्तव्य ज्यान जस्तो जघन्य अपराधको घटना घटाई वारदात पश्चात फरार रहेका प्रतिवादीलाई वारदातमा प्रयोग भएका धारिलो हतियार सहित पक्राउ गर्नुका साथै आइ एम इ बाट नगद तथा सुन डाका गरी फरार रहेका व्यक्तिहरूलाई विभिन्न स्थानबाट पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन अहम् भूमिका निर्वाह गरी आम नागरिकहरूमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले काठमाडौँ  उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वर काठमाडौँ  गण मुख्यालय दरबन्दी भई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार रबिन्द्र लोक्ताम र प्रहरी चौकी करफोक इलाम दरबन्दी भई प्रहरी चौकी पेल्टीमारी इलाममा कार्यरत प्रहरी सहायक हवल्दार राज कुमार श्रेष्ठलाई निजहरूले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै असोज “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको छ । 

OM Sai Pathibhara Hospital

   कर्मचारीहरूको मनोबल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङ्कन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रत्येक महिना १ नम्बर प्रदेश भरीका उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरू मध्येबाट छनौट गरी सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरण सहितको फ्लेक्स प्रिन्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर तथा प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय कू स्तर सम्मका प्रहरी कार्यालयहरूमा १ महिना सम्म राखिदै आईएको छ ।police