बिर्तामोड / तिहार तथा छठ पर्वलाई लक्षित गरी तस्करीको माध्यमबाट भित्राइएको १५ लाख बढी मूल्यको बारुदजन्य पटाका झापा प्रहरीले नष्ट गरेको छ । अवैध रूपमा सीमावर्ती नाकाबाट भित्राइएको प्रतिबन्धित  पटाका झापा प्रहरीले आज पत्रकार सम्मेलन गरी नष्ट गरेको हो ।

जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा ओसारपसार भइरहेकोमा अवस्थामा प्रहरीले विभिन्न प्रकारका पटाका बरामद गरेको प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

पटाकाको आयात र प्रयोगमा केही नियन्त्रण गरिए पनि पूर्ण रूपमा निर्मूल पार्न नसकिएको उनले बताए । त्यसमा सबैको सहयोग आवश्यक भएको उनको भनाइ छ ।