बिर्तामोड / जिल्ला प्रशासन कार्यालय झापाले  देउसी भैलो खेल्ने समय निर्धारण गरेको छ । रातीको १० बजे सम्म मात्र देउसी भैलो खेल्न पाइने झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिएका छन् । 

प्रमुख जिल्ला अधिकारी रिजालले राती १० बजे पछि देउसी भैलो कार्यक्रम नगर्न आग्रह गरेका छन् । देउसीभैलो खेल्ने बाहनामा राति आपराधिक गतिविधि पनि हुन सक्ने भन्दै प्रशासनले समय निर्धारण गरेको हो । देउसीभैलो कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पर्ने कुनै पनि गतिविधि नगर्न, नगराउन पनि प्रशासनले अपिल गरेको छ ।