झापा / पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका -११ मा शनिबार राति बस दुर्घटना हुदाँ २३ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गमा काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ७ ख ४१५ नं को बस ‘ब्रेकफेल’ भई सडकको दाहिनेतर्फ पल्टिँदा बसमा सवार ५० मध्ये २३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी उपरीक्षक सन्तोष पाठकले बताए ।

घाइतेलाई उपचारका लागि मध्यबिन्दु जिल्ला अस्पताल लगिएका र ती मध्ये १८ जना सामान्य उपचारपछि डिस्चार्ज भएका जनाइएको छ । बाँकीलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर सिफारिस गरिएको र बस चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक पाठकले बताए ।

OM Sai Pathibhara Hospital

उनका अनुसार घाइते सुर्खेत वीरेन्द्रनगर -१२ का प्रकाश सुनार, कैलालीको कैलाली गाउँपालिका -९ का श्याम चौधरी, कन्चनपुर बेलौरी नगरपालिका -२ का वीरेन्द्र नेपाली, कैलाली धनगढी उपमहानगरपालिका– १३ का सन्तोष भट्ट र निर्मला जोशीलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज पठाइएको हो ।