काठमाडौँ / काठमाडौँको बाँसबारीमा लजको कोठाभित्र गोप्यरूपमा भिडियो रेकर्ड गर्ने एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका -३ बाँसबारीमा रहेको बाँसवारी रेष्ट्रो क्याफे एन्ड लजमा बस्न आउने पाहुनाको गोप्यरूपमा अश्लील भिडियो रेकर्ड गर्ने काठमाण्डौको चन्द्रागिरि नगरपालिका -१५ का मुकेश मालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ती व्यक्ति त्यही लजको म्यानेजर रहेका खुलेको छ । प्रहरीले उनको साथमा रहेको मोबाइल फोनमा गेस्ट हाउसमा बस्ने गरेका विभिन्न व्यक्तिका रेकर्डेड भिडियो पनि फेला पारेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ बाट पाँच दिनको म्याद थप अनुमति प्राप्त भइ उनीमाथि प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।