काठमाडौँ / पशुपति क्षेत्र विकास कोषले काठमाडौँस्थित गौशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना हटाउन निर्देशन दिएको छ ।
कोषले सार्वजनिक गरेको सूचनामा सम्झौता विपरीतका संरचना आगामी ३५ दिनभित्र हटाउन भनिएको छ । उक्त धर्मशाला मारवाडी सेवा समिति नेपालले सञ्चालन गर्दै आएको छ ।