विराटनगर / जिल्ला कारागार मोरङमा एक कैदीबन्दीको मृत्यु भएको छ। जबरजस्ती करणी मुद्दाका कैदी मोरङको केराबारी गाउँपालिका –१ का ५० वर्षीय डिकबहादुर विकको मृत्यु भएको हो।

मुटु तथा पेटको समस्या देखिएपछि विकलाई कोशी अस्पताल लगिएको थियो। कोशीले विकको थप उपचारको लागि नोबेल शिक्षण अस्पताल रेफर गरेको थियो । 

OM Sai Pathibhara Hospital

उनको नोबेल अस्पतालमै उपचारको क्रममा बिहीबार साँझ ५ बजेतिर मृत्यु भएको निमित्त जेलर तुलसीराम भगतले जानकारी दिए। 

जबरजस्ती करणी मुद्दामा विकलाई जिल्ला अदालत मोरङले २०७४ चैत ८ गते १० वर्ष कैद सजायको फैसला गरेको थियो। त्यस यता विकले जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका थिए ।