काठमाडौं / स्ट्यान्डअप कमेडियन अपूर्व क्षितिज सिंह २ लाख ५० हजार धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले उनलाई साढे २ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले थुनछेक बहसपछि सिंहलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
युट्युबमा स्ट्यान्डअप कमेडीका क्रममा नेवाः समुदायमाथि होच्याउने गरी विषयवस्तु प्रसारण गरेको भन्दै उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।