एजेन्सी / वाशिङ्टन स्टेटको ग्रान्ट काउन्टीको अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले बनाएको यो अल इलेक्ट्रिक विमानलाई एलिस नाम दिएको छ । एलिसको निर्माता, इभिएशन एयरक्राफ्टको मुख्यालय वाशिङ्टनमा भएता पनि विमानलाई भने इजरायलमा विकसित गरिएको हो । एलिसले आफ्नो पहिलो उडान बिहान ७ बजेर १० मिनेटमा ३५०० फिटको उचाइमा ८ मिनेटसम्म सुरक्षित हावामा  गर्यो र त्यसपछि सामान्य अवतरण भयो ।

२५० माइलसम्म उड्न सक्ने गरी यस विमानलाई निर्माण  गरिएको छ । यसमा नौ जना यात्रु र एक वा दुई पाइलटहरूको लागि ठाउँ राखिएको छ र ४ टनभन्दा बढी तौल भएको टेस्ला(शैलीका २१,५०० भन्दा बढी ब्याट्री सेलहरूद्वारा सञ्चालित गरिएको छ । यहाँ आएका सबैका लागि यो अद्‌भुत अनुभव थियो । हामीले इतिहास निर्माणमा साक्षी दिन सक्षम भयौँ, इभिएशनका सीईओ ग्रेगरी डेभिसले समाचार एजेन्सी एपीलाई भनेका छन् ।