झापा / धनुषामा ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विदेह नगरपालिका -३ कर्माहिया बस्ने ६० वर्षीय विशेश्वर मुखिया रहेका छन् ।
मुखियाले झारफुक गर्ने क्रममा सोमबार ती महिलाकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा हुनासाथ इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।