झापा / नेपालको हवाई सुरक्षा अवस्थाबारे आजदेखि अध्ययन सुरु गरिँदैछ । अमेरिकी नागरिक उड्यनको नियामक निकाय फेडेरल एभिएसन एडमिनिस्ट्रेसनको प्रतिनिधि मण्डलले नेपालको हवाई सुरक्षा अवस्थाबारे अध्ययन गर्न लागेका हुन् । 

सो टोलीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओ अन्तर्गतका आठ वटा क्षेत्रमा नेपालको वर्तमान अवस्थाबारे अध्ययन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

यसअघि, युुरोपेली संघ ईयूले नेपालमा हवाई दुर्घटनाको दर कम गर्न पहाडका विमानस्थलमा आवश्यक प्राविधिक उपकरणमा लगानी गर्न आवश्यक रहेको जनाएको छ ।

सन् २०१३ देखि ईयूको कालोसूचीमा रहेको नेपालबारे दुई दिने अध्ययन तथा अनुगमन गरेर फर्किएको ईयूको टेक्निकल कोअपरेसन टिमले पहाडी तथा हिमाली विमानस्थलमा प्राविधिक उपकरण राख्न जोड दिएको हो ।

विभिन्न ४१ मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको नेपालले हाल २० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । सन् २०१० र २०११ तथा १२ मा विमान दुर्घटना भएपछि नेपाललाई सन् २०१३ डिसेम्बर ५ देखि ईयूले नेपाललाई कालोसूचीमा राख्दै आएको छ ।