बिर्तामोड  / झापाको शिवसताक्षीमा बुधबार दिउँसो मलामी बोकेको बस दुर्घटना हुदाँ २८ जना घाईते भएका छन् । 

कनकाई नदीको मुक्तिघाटमा शवको दाहसंस्कार सकेर मलामी लिएर कुञ्जिबारी फर्किँदै गरेको ना ७ ख २६५१ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षीको वडा नम्बर ९ झरना पुल नजिकै दुर्घटनामा परेको हो । 

OM Sai Pathibhara Hospital

दुर्घटनामा परी २८ जना घाइते भएका र तीन जनाको अवस्था भने गम्भीर रहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । घाइते सबैलाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा ल्याइएको छ । 

प्रहरीका अनुसार  मलामी बस राजमार्ग दक्षिण किनारको रुखमा गएर ठोकिएको थियो । सोही दिशाबाट आउँदै गरेको अर्को बसलाई जोगाउन खोज्दा मलामी बोकेको बस राजमार्ग दक्षिण रुखमा ठोकिएको स्थानीयबासीले बताएका छन् ।