झापा / पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले ९० लाख मूल्य बराबरको चिनी बरामद गरेको छ । जिल्लाको प्रतापपुर गाउँपालिका २ र रामग्राम नगरपालिका -५ स्थित भैरहवा परासी राजमार्गबाट ८ सय ४० बोरा अवैध चिनीसहित दुई वटा ट्रक  सशस्त्र प्रहरीले नियन्त्रणमा  लिएको हो ।  सशस्त्र प्रहरी बल नेपाल हरपुर बिओपी र महेशपुर भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले बुधबार बिहान ट्रकमा ल्याउँदै गरेको चिनी नियन्त्रणमा लिएको प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रूपकुमार क्षेत्रीले बताए ।

प्रतापपुर गाउँपालिका -२ बाट ना ६ ख २१९७ नं को ट्रकमा ल्याइएको ४२० बोरामा ९२१ हजार केजी र रामग्राम नगरपालिका -५ स्थित परासी-भैरहवा हुलाकी मार्गबाट लु १ ख ९८७१ नं को ट्रकमा रहेको ४२० बोरामा ९२१ हजार केजी गरी ४२ हजार केजी चिनी बरामद भएको हो । चिनीसँगै ओसारपसारमा संलग्न दुईवटै ट्रक नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि महेशपुर भन्सारमा पठाइएको उनले बताए ।