झापा / पर्सामा एक गर्भवतीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् । वीरगञ्जको विर्तास्थित नारायणी सेन्ट्रल अस्पतालमा पर्साको कालिकामाई गाउँपालिका-९ हरियरपुरकी कविता देवीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।

कविताले दुई छोरा र एक छोरीलाई जन्म दिएको अस्पतालका निर्देशक प्रा डा प्रमोदकुमार सर्राफले जानकारी दिए । उनले शल्यक्रिया मार्फत बच्चा जन्माएकी हुन् । अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा प्रियङ्का चौधरीले कविताको शल्यक्रिया गरेकी हुन् ।