बिर्तामोड / इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले अवैध रुपमा नेपालबाट भारत तर्फ लैजाँदै गरेको एकसय २० केजी अवैध सुपारी बरामद गरेको छ ।
बिहीबार झापाको मेचीनगर नगरपालिका वडा नम्बर -६ स्थित मेचीखोलाबाट प्रहरीले ८० हजार मूल्य बराबरको अवैध सुपारी बरामद गरेको हो ।
बरामद गरिएको सुपारी आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।