बिर्तामोड / १ नम्बर प्रदेश प्रहरी कार्यालयको आर आइ टि समुहबाट खटिएको प्रहरी टोलीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटहरी गाउपालिका -३ का ५८ वर्षीय राम बहादुर भण्डारी र धरान उपमहानगरपालिका - ५ का ३७ वर्षीय बुद बहादुर विश्वकर्मा रहेका छन् ।
ठगी मुद्दामा फरार रहेका भण्डारीलाई उच्च अदालत विराटनगर मोरङले १० महिना २१ दिन कैद र पच्चीस हजार रुपैया जरिवाना सुनाएको थियो । यस्तै विश्वकर्मालाई भने लागूऔषध मुद्दामा सुनसरी जिल्ला अदालतले १ महिना ९ दिन कैद र पचास हजार रुपैयाँ जरिवाना तोकेको थियो । पक्राउ परेका दुबै जनालाई सम्बन्धित जिल्ला अदालतमा उपस्थित गराई तोकिएको कैद भुक्तानको लागी कारागार चलान गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।