मोरङ / मोरङको रङेलीबाट बारुदजन्य पटाकासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनवर्षी नगरपालिका –८ हस्नगडीका ३० वर्षीय जितेन्द्र राजवंशी रहेका छन् ।
इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउँदै गरेको प्र १–०२–००२ ह ८७८९ नम्बरको अटोलाई रङेली नगरपालिका –९ स्थित दर्बेसामा चेकजाँच गर्ने क्रममा पटाकासहित अटो चालक राजवंशीलाई पक्राउ गरेको हो ।
राजवंशीले चलाएको आटोबाट किङ कोब्रा नामक ६० बन्डल (३००० प्याकेट) अन्दाजी एक लाख ५० हजार रुपैयाँ बराबरको पटाका बरामद गरेको प्रहरीले जनाएको छ ।
राजवंशीलाई विस्फोटक पदार्थ पटाका शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।