बिर्तामोड / झापाको मेचीनगर नगरपालिका -६ गैरिगाउँ स्थितबाट भन्सार छलेर नेपाल भित्राएको लत्ताकपडा प्रहरीले बरामद गरेको छ । बुधबार दिउसो ४ बजे जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भन्सार छली ल्याएको १६,०००० मूल्य बराबरको अवैध कपडा बरामद गरेको हो ।
४ पोकामा रहेको २७० पिस भेस्टलाई आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।