झापा / धनुषाको सहिदनगर नगरपालिका -१ चिरैया बस्ने ६० वर्षीया अजोधी सहनीको हत्या गरेको अभियोगमा प्रहरी एकजनालाई पक्राउ गरको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५० वर्षीय श्याम सुन्दर सहनी रहेका छन् ।

उनीहरूबीच लेनदेनको विषयमा सोमबार राति विवाद तथा झैं- झगडा हुँदा श्याम सुन्दरले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका उनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा गएराति मृत्यु भएको हो । अजोधी सहनीको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट खरियानीबाट खटिएको प्रहरीले उनलाई बुधबार बिहान पक्राउ गरि यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।