बिर्तामोड / झापाको मेचीनगरबाट प्रहरीले भन्सार छलेर नेपाल भित्राएको लत्ताकपडा बरामद गरेको छ । बुधबार राती (बिहान) १२ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका स्थितमा नेपाल तर्फ अवैध रुपमा भन्सार छली गरी ल्याई बेवारिसे अवस्थामा राखेको रु ३,५०,००० मूल्य बराबरको कपडा बरामद गरेको हो ।
यस्तै बुधबार राती नै २ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर -६ स्थितमा बेवारिसे अवस्थामा राखेको रु १,५०,००० मूल्य बराबरको लत्ताकपडा बरामद गरेको छ । बरामद भएका दुवै सामानहरू आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।