काठमाडौँ / हाल प्रदेश १ र मधेश प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । प्रदेश १ का केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरूमा र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा  भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

हाल नेपालमा  हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायमै रहेकाले  आज राति पनि प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । 

OM Sai Pathibhara Hospital

प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

भोलि बिहीबार प्रदेश १, मधेस र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

प्रदेश १ र बागमती  प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै शुक्रबार पनि प्रदेश १ र  बागमती प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।