बिर्तामोड / ताप्लेजुङको सिदिम्बा गाउपालिका -४ सुरुमखिम घर भई हाल झापा अर्जुनधारा नगरपालिका -११ बसपार्क छेउ बस्दै आएको २५ बर्षीय नबिन्द्र गुरुङको हत्यामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा जिल्ला इलाम इलाम नगरपालिका -९ स्थायी घर भई हाल जिल्ला झापा अर्जुनधारा नगरपालिका -११ स्थित रहेको ताप्लेजुङ इलाम होटलका संचालक ३८ बषिएय इन्द्र बहादुर अधिकारी , जिल्ला पाँचथर फिदिम नगरपालिका -१२ घर भई सोही होटलमा काम गर्ने २१ बर्षीय को अमृत आचार्य र जिल्ला पाँचथर फालेलुङ गाउपालिका - ७ स्थायी घर भई हाल सोही होटेलमा काम गर्ने स्टाफ अमृत आचार्यको श्रीमती २३ बर्षीया बिमला राई रहेकी छिन् ।
गत असोज १७ गते ताप्लेजुङ इलाम होटलको पहिलो तलामा उक्त होटलका संचालक इन्द्र अधिकारी, होटलका स्टाफ अमृत आचार्य, मृतक नविन्द्र गुरुङ र अर्का एक जना मानिसहरु मादक पदार्थ सेवन गरी तास खेल्दै गरेको अबस्थामा पैसा हारजितको बिषयलाई लिएर विवाद उत्पन्न भई झै झगडा हुदाँ, होटल संचालक अधिकारी, होटलका स्टाफ आचार्य र अर्का फरार एक जना मानिसले नविन्द्र गुरुङलाई मसला पिस्न प्रयोग हुने ढुङगाको लोहोरो र चक्कु प्रयोग गरि हत्या गरेका थिए ।
ढुङगाको लोहोरो र चक्कु प्रयोग गरी टाउकोको पछाडि पट्टिको भागमा पटक पटक र नाकमा समेत प्रहार गरी गम्भिर घाइते भएका गुरुङलाई घटना ढाकछोप गर्न उक्त होटलवाट करिब १५० मिटर टाढा अर्जुनधारा -११ स्थित रहेको कान्तिपुर ड्राइभीङ नेन्टर अगाडिको प्लटिङ रहेको खाली जग्गाको उतर तर्फ जाने सडक बाटो किनारामा फालिदिएका थिए । गुरुङको शव असोज १८ गते विहानको मृत अबस्थामा फेला परेको थियो ।
घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले ढुङगाको लोहोरो थान १ , धारिलो हतियार चक्कु थान १ , मृतकको मोवाइल थान १ सहित पक्राउ गरेको हो । उनीहरू माथि कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप अनुमती लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको र फरार रहेका एकजनाको खोजी भइहेको प्रहरीले जनाएको छ ।




































