झापा / कालिकोटको तिलागुफामा मलामी जाँदा बेपत्ता भएका १३ जनाको पहिचान खुलेको छ । तिलागुफा नगरपालिका–४ राँचुलीबाट बेपत्ता १३ जनाको पहिचान खुलेको कालिकोटका डीएसपी चक्र शाहले बताए ।
शनिवार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिको क्रममा तिला नदी माथिबाट पहिरो आएको र सो पहिरोले उनीहरूलाई नदीमा बगाएको डीएसपी शाहले जानकारी दिए । बेपत्ताहरूको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
बेपत्ता हुनेहरू :
१. कालीबहादुर शाही, तिलागुफा नगरपालिका–४ राँचुली, ४७ वर्ष
२. धनबहादुर शाही, तिलागुफा नगरपालिका–४ राँचुली, ६३ वर्ष
३. छत्रजंग शाही, तिलागुफा नगरपालिका–४ राँचुली, ३६ वर्ष
४. खगेन्द्र शाही, तिलागुफा नगरपालिका–४ राँचुली, २८ वर्ष
५. भेषबहादुर शाही, तिलागुफा नगरपालिका–४ राँचुली, २३ वर्ष
६. धन शाही, तिलागुफा नगरपालिका–४ राँचुली, ५५ वर्ष
७. अलि शाही, तिलागुफा नगरपालिका–४ राँचुली, ७६ वर्ष
८. खेमराज शाही, तिलागुफा नगरपालिका–४ राँचुली, २३ वर्ष
९. मानबहादुर शाही, तिलागुफा नगरपालिका–४ राँचुली, ५७ वर्ष
१०. मोतिलाल शाही, तिलागुफा नगरपालिका–४ राँचुली, ४१ वर्ष
११. परबहादुर शाही, तिलागुफा नगरपालिका–४ राँचुली, ५६ वर्ष
१२. नरेश शाही, तिलागुफा नगरपालिका–४ राँचुली, २४ वर्ष
१३. प्रशान्त शाही, तिलागुफा नगरपालिका–४ राँचुली, २३ वर्ष




































