हुम्ला / हुम्लाको चंखेली गाउँपालिका –६ को देनबाडामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 

प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार केही दिनदेखि लगातार परेको वर्षाका कारण खसेको पहिरोले देउच्या सार्कीकाे घर पुरिएको हो । 

मृतक चारै जना बालबालिका रहेको परियारले बताइन् । घाइते तीन जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको बताइएको छ । 

सदरमुकामबाट सिमकोट पुग्न हिँडेर तीन दिन लाग्ने भएकाले घटनास्थलमा प्रहरी पुगिनसकेको बताइएको छ । प्रहरी पुगेपछि मात्र के कति क्षति भएको हो यकिन हुने छ ।