काठमाडौँ / कालिकोटको तिलागुफा नगरपालिका -४ राँचुली गाउँमा मलामी गएका १५ जना सम्पर्कविहीन भएका छन् । स्थानीय युवक हेमराज शाहीको मलामी गएका उनीहरूलाई माथिबाट पहिरोले बगाएको भन्ने स्थानीयले खबर गरेपछि प्रहरी त्यहाँ गएको र थप त्यसपछि थाहा हुने कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । 

शर्माका अनुसार अहिले प्रहरी घटनास्थल जाँदै गरेको र यसबारे थप पत्ता लाग्नेछ ।  यस्तै, राँचुली गाउँमाथिबाट आएको पहिरोले २०० घरपरिवार विस्थापित भएका छन् । उनीहरू सबै अहिले त्यहाँको कालिका माविमा बसिरहेको शर्माको भनाइ छ ।