काठमाडौँ / हास्य श्रृंखला ‘सक्किगो नि’ मा ‘सिते बा’ भूमिका निर्वाह गर्दै आएका कलाकार मधुसुदन पाठकले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।

पाठकले काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारको रुपमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । केही अगाडि स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानमा उम्मेदवारी घोषणा गरेका उनले भ्रष्टाचार र बेथितिविरुद्ध आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।