झापा / रामेछापको खाँडादेवी गाउँपालिकाबाट काठमाडौं जाँदै गरेको बा ३ ख ४०४८ नम्बरको रिजर्भ बस खाँडादेवी गाउँपालिका-३ भिरपानीको गुन्डुखोला भन्ने ठाउँमा दुर्घटना भएको छ ।
आइतबार बिहान भएको सो दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले जानकारी दिए ।
उनका अनुसार रिजर्भ गरिएको बस ओरालो मोडमा अनियन्त्रित भइ सडक छेउमा पल्टिँदा बसमा सवार १६ जनामध्ये १३ जना घाइते भएका हुन् । डीएसपी थिङका अनुसार घाइतेहरूको उद्धार गरी थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ ।