झापा / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधिसभामा उम्मेदवारी दर्ताका लागि चितवन पुगेका छन् । उनले चितवन क्षेत्र नम्बर -२ बाट उम्मेदवारी दिने तयारी गरेका छन् । चितवन दुईबाट मनोनयन दर्ता गर्ने लगभग पक्का भएको पार्टीका नेता दीपक बोहराले जानकारी दिए ।
उनका अनुसार चितवन -३ लाई पनि विकल्पका रूपमा राखिएको छ । चितवन -२ बाट उम्मेदवारी दिने लगभग पक्का भएको छ, बोहराले भने, निर्वाचन क्षेत्र नम्बर ३ पनि विकल्पको रूपमा छ । दिउँसो २ देखि ३ बजेभित्र मनोनयनपत्र दर्ता हुन्छ ।