बिर्तामोड / मोरङको कटहरी गाउँपालिका-७ लोहन्द्र खोलामा ट्याक्टरको इन्जिनले किचेर चालकको मृत्यु भएको छ ।
शनिवार दिउँसो को १ त १२३४ नम्बरको ट्रयाक्टरमा बालुवा लिई फर्कने क्रममा इन्जिनको भाग माथि तर्फ उठेर चालकलाई किच्दा घाईते भएका चालक स्थानीय ३२ वर्षीय बरुण सरदारको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।