बिर्तामोड / वर्षासँगै परेको चट्याङले लागेर बिर्तामोडकी एक बालिकाको घटना स्थलमै मृत्यु भएको छ ।
शुक्रबार साँझ ६ बजेतिर परेको चट्याङले लागेर बिर्तामोड –२ चैतुबारीका रुपलाल हस्दाकी ११ वर्षीया छोरी अन्जु हस्दाको घटनास्थलमै मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक रुगम बहादुर कुँवरका अनुसार कुमाल बस्तीमा रहेको हजुरआमाको घरबाट साइकलमा आफ्नो घरतर्फ फर्किँदै गरेकी अन्जुलाई बाटैमा चट्याङले हानेको थियो ।