धनकुटा / धनकुटाको पाख्रिबासमा ५४ वर्षीय उपेन्द्र ठाडाले आफ्ना छोराको हत्या गरेका छन् ।
पाख्रिबास नगरपालिका –९ का ठाडाले आफ्नो छोरा ३० वर्षीय सन्तोषको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए।
प्रहरीका अनुसार ठाडाले शुक्रबार बिहान साढे ८ बजे छोराको हत्या गरेका हुन् । घटना घरायसी विवादका कारण भएको जनाइएको छ।