काठमाडौँ / काठमाडौँको चन्द्रागिरिमा ध्यान केन्द्र पहिरोले पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । 

बिहीबार साँझ चन्द्रागिरि नगरपालिका –२ देउराली नजिकै रहेको रेक्की ध्यान केन्द्र पहिरोले पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

OM Sai Pathibhara Hospital

पहिरोमा पुरिएर ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथिको मृत्यु भएको वडाध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिए ।

तामाङका अनुसार अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले ध्यान केन्द्र पुरिएको हो ।