सप्तरी / सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका एक प्रहरी सहायक निरीक्षक (असई) बिहीबार दिउँसो मृत फेला परेका छन् ।
असई सत्यनारायण यादव भारतको विहार राज्यको मधुवनी जिल्ला अन्तर्गत जिरोगा ग्राम पञ्चायत अर्नाहास्थित घोडदह खोलामा मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार भारतीय प्रशासनले आवश्यक प्रक्रियापछि शव नेपाली सुरक्षाकर्मीको जिम्मा लगाइएको हो ।
शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको डीएसपी सिंहले बताए । सिरहाको भगवानपुर २ घर भएका असई यादव असोज १८ गतेदेखि बिदामा बसेका थिए ।