बिर्तामोड / काठमाडौंबाट झापा आउँदै गरेको बस हेटौडामा दुर्घटना हुँदा  दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  झापाको दमक–५ मोडेल क्याम्पस नजिक बस्ने  ६० वर्षीय दिल्ली बहादुर दर्जी र बेलबारी ८ की ५१ बर्षिया कल्पना राजवंशी रहेको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ चुरियामाई मन्दिर नजिक आइतबार राति रात्रि बस दुर्घटना भएको हो । 


OM Sai Pathibhara Hospital

काठमाडौंबाट दमक आउदैँ गरेको ना ७ ख २०३२ नम्बरको रात्रि बस आफै अनियन्त्रित भई नालीमा खस्दा बसमा सवार यात्रुहरू घाइते भएका छन्।  उनीहरू  मध्य केहीको हेटौडामा ,चितवन र काठमाडौंमा उपचार भइरहेको उनले बताए ।  घाइते अधिकांश प्रदेश नम्बर १ का रहेको जनाइएको छ ।