काठमाडौं  / पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटकको दशैँमा पनि सर्वसाधारणलाई टिका नलगाइदिने भएका छन् । डेंगु रोगको महामारी फैलिरहेका बेला शाहले सर्वसाधारणलाई टिका नदिनु हुने निर्णय लिएको उनका संवाद सचिव फणी पाठकले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनजीवन स्वास्थ्यका कारण आक्रान्त भइरहेको विषम परिस्थितिलाई ध्यानमा राखेर शाहले यसपालि शक्तिपीठ दर्शन नगर्ने र निवासबाट भक्तिभाव राख्ने तथा सार्वजनिक टिका कार्यक्रम नगर्ने भएको छ ।’ (राजधानी दैनिकबाट )

OM Sai Pathibhara Hospital