बिर्तामोड  / प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित एक जनालाई बिर्ता बजारबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका- १ घर भई बिर्तामोड -३ पशुपति टोलमा डेरा गरी बस्ने २१ वर्षीय राहुल राजवंशी रहेका छन् ।

शनिवार दिउँसो ३ बजे प्रहरी चौकी बिर्ता बजारबाट प्रहरी सहायक निरीक्षक प्रवीण खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले राजवंशीलाई शङ्का लागेर उनको कोठामा चेकजाँच गर्दा १० ग्राम ब्राउन सुगर फेला परेको थियो ।

OM Sai Pathibhara Hospital

लागू औषधसहित नियन्त्रणमा लिई उनलाई इलाका प्रहरी कार्यालय अनारमनि झापामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।