काठमाडौं / निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि निर्माण गरेको ‘प्रेस अफिस’मा नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्युरोसमेत रहनेगरी संयन्त्र निर्माण गरेकोप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर आपत्ति जनाएको छ । 

महासङ्घका महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गरेर उक्त संयन्त्र निर्माण प्रति आपत्ति जनाएका हुन् । 

OM Sai Pathibhara Hospital

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषण भएका सामग्री अनुगमन गर्न आयोगले उक्त सयन्त्र निर्माण गरेको हो । तर, महासंघले सञ्चारमाध्यममा सम्प्रेषण भएका सामग्रीको अनुगमन र नियमन गर्ने काम प्रेस काउन्सिल नेपालको भएको भन्दै आयोगलाई उक्त निर्णय तत्काल सच्याउन माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, – ‘सेना, प्रहरीसहित विज्ञापन बोर्ड, प्रेस काउन्सिल नेपाल, दूरसञ्चार प्राधिकरणका प्रतिनिधि, कम्प्युटर अपरेटर रहने गरी आयोगका सहसचिव एवम् प्रवक्ताको नेतृत्वमा ‘प्रेस अफिस’ नामक संयन्त्र निर्माण गरेर आयोगले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता र प्रेसको संवैधानिक स्वतन्त्रतामाथि नियन्त्रण गर्न खोजेको महासङ्घको ठहर छ ।’