इनरुवा / सुनसरीको देवानगञ्जमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार देवानगञ्ज गाउँपालिका –१ का ४५ वर्षीया रीतादेवी यादव र वडा नं. २ का उदितचन्द्र यादवको मृत्यु भएको हो ।
भैँसीलाई गोठमा पानी खुवाइरहेका बेलामा चटयाङमा परेर रीतादेवीको मृत्यु भएको छ भने घर नजिकै रहेको खेतमा घाँस काट्ने क्रममा पानीसँगै आएको चट्याङमा परेर उदितचन्द्रको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए ।