बिर्तामोड / मोरङमा ७ वर्षीया बालिकालाई बाल यौन दुरुपयोग गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नैमा लेटाङ नगरपालिका -२ बुधबारे बस्ने २१ वर्षीय विशाल रम्तेल रहेको प्रहरीले जनाको छ ।

मादक पदार्थ सेवन गरेका विशालले सोही ठाउँस्थित मदिरा पसलमा ती बालिकालाई बाल यौन दुरुपयोग गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुधबारेबाट खटिएको प्रहरीले उनलाई मंगलबार साँझ पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।