काठमाडौँ / नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको हो । यससँगै छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ६ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै तेजाबी सुनको भाउ ९१ हजार एक सय रुपैयाँ पुगेको छ । बुधबार चाँदीको भाउ भने घटेको छ । मङ्गलबारको तुलनामा चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेको हो । चाँदी प्रतितोला ११४५ रुपैयाँमा कारोबार भइरहेको छ ।