काठमाडौँ / नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि राष्ट्रपति विद्यादेवी भण्डारी तथा राष्ट्रपतिको कार्यालयलाई विपक्ष बनाएर परेको रिटमाथिको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ। न्यायाधीश मनोजकुमार शर्माको इजलासमा रहेको पेसी हेर्न नभ्याइने भन्दै स्थगित भएको हो।
राष्ट्रपति कार्यालयले दोस्रो पटक संसद्को दुवै सदनबाट बहुमतले पास भएको नेपाल नागरिकता ऐन,२०६३ को संसोधन गर्न ल्याएको विधेयक प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालय, शितलनिवास विरुद्ध पाँच रिट परेको थियो।
अब आइतबारमात्रै उक्त रिटमाथि सुनुवाइ हुनेछ।