झापा / निर्वाचन आयोगले कर्मचारीको सरुवा नगर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै सो निर्देशन दिएका हुन् । 

आसन्न निर्वाचनका लागि अस्थायी मतदाता नामावलीमा कर्मचारीको नाम समावेश गर्ने प्रक्रिया आजदेखि सुरु भएको जनाउँदै आयोगले विभिन्न तहका सरकार तथा सार्वजनिक निकायले कर्मचारी सरुवा गरिदिँदा अस्थायी मतदाता नामावली सङ्कलनको कार्यमा बाधा उत्पन्न हुने जनाएको छ । 

OM Sai Pathibhara Hospital

त्यस्तै आयोगले सरुवा भइसकेका कर्मचारीलाई पनि तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको छ । यही असोज ५ गतेसम्म सरुवा भइसकेको अवस्था भए तत्काल रमना दिई असोज ९ गतेभित्र सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत नेपाल सरकार, सबै प्रदेश सरकार र सबै स्थानीय तहलगायत सबै सार्वजनिक निकायलाई निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।