बिर्तामोड / झापामा घरको चार तलामाथिबाट खसेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका वडा नम्बर ५ की ६२ वर्षीया मधु शर्मा आचार्य रहेकी छिन् । 

इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रूगमबहादुर कुँवरका अनुसार घरको चार तलामाथि बरन्डामा फलेका करेला टिप्न खोज्दा चिप्लिएर लडेकी आचार्यको मृत्यु भएको हो ।उनलाई बिर्तासिटी अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।