भक्तपुर / भक्तपुरको सूर्यविनायक चोकमा आज बिहान बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका–१ की ७२ वर्षीया दिलमाया श्रेष्ठ रहेकी छिन् ।
बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा इवामुरा अस्पताल सल्लाघारीमा मृत्यु भएको हो । सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा १ प १५५१ नम्बरको पर्यटक बसले आज बिहान ८ बजे पैदल हिँडिरहेकी वृद्धालाई ठक्कर दिएको थियो । बससहित चालकलाई प्रहरी वृत्त जगाती भक्तपुरले नियन्त्रणमा लिएको छ ।