झापा / कैलालीको दुई छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका -१२ र धनगढी उपमहानगरपालिका -१ मा शव भेटिएको हो ।
प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार गोदावरी-१२ शान्तिनगरमा २५ वर्षीय मदन बडेला मृत भेटिएका हुन् । बडेला बुधबार बिहान आफ्नै घरको आँगनमा मृत अवस्थामा भेटिएको हुन् । घटना शंकास्पद रहेको भन्दै प्रहरी प्रवक्ता जोशीले त्यसबारेमा थप अनुसन्धान भइरहेको बताए । बडेलाको टाउको र खुट्टामा चोट लागेको छ ।
यसैगरी, धनगढी–१ स्थित कैलाली कारागार नजिकै एक पुरुष मृत अवस्थामा भेटिएका छन् । उनी कञ्चनपुरको कृष्णनगरपालिका - ८ का ७४ वर्षीय धनसिंह जेठारा भएको प्रहरीको भनाइ छ । छोरीको घर आएका उनी मंगलबार साँझ बाहिर निस्किएका थिए । अबेरसम्म नफर्किएपछि खोजी गर्दा बुधबार बिहान मृत अवस्थामा भेटिएको प्रहरी प्रवक्ता जोशीले बताए ।