एजेन्सी /  दिल्लीमा सडक छेउमा सुतिरहेकामाथि ट्रक गुड्दा चार जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

डिभाइर नजिक सुतिरहेका उनीहरूमाथि ट्रक गुड्दा दुईको घटनास्थलमै मृत्यु भएको अन्य दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको दिल्ली प्रहरीले जनाएको छ । 

OM Sai Pathibhara Hospital

प्रहरीका अनुसार, ट्रकको भने अहिलेसम्म पहिचान खुलेको छैन । दिल्ली सीमापुरीको डिटिसी डिपो रेड लाइट पार गर्ने क्रममा दुर्घटना भएको बिबिसी हिन्दीको समाचारमा उल्लेख छ ।