बिर्तामोड / सुनसरी र झापाको दुई छुट्टाछुट्टै स्थानमा मंगलबार भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । झापाको शिवसतासी नगरपालिका -१० सैनिक चोकमा पूर्वबाट पश्चिमतर्फ आँउदै गरेको बा १४ च ९१०८ नम्बरको कार आफै अनियन्त्रित भई सडक छेउको बरको रुखमा ठोक्किँदा घाइते भएका कार चालक सप्तरी लेगडा-५ का ४४ वर्षीय बलराम यादव र ईटहरी -१० की ३० वर्षीया गीता चौधरीको उपचारको क्रममा बि एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको तथा सोही कारमा सवार रहेका अन्य ४ जनाको उपचार भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
यसैगरी सुनसरीको ईटहरी -९ मा पूर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश नम्बर १-०२-००३ ह ३०४१ नम्बरको सिटी सफारीले विपरित दिशाबाट आँउदै गरेका पैदल यात्री इटहरी -५ का ८२ वर्षीय उमाकान्त भण्डारीलाई ठक्कर दिँदा घाईते भएका भण्डारीको उपचारको क्रममा विराटनगरको न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको इलाका प्रहरी इटहरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।